शिशिर अधिकारि
फिल्म निर्माता नेपालटेलिभिजनमा आउदै गरेको हास्य – टेलिसिरियल “गन्जागोल” का निर्माता साथै फलफुल बहुउदेशिय सहकारी का प्रबन्ध-निर्देशक र हिमालयन सेलिब्रेटिका निर्देशक को साथ-साथै सफल ब्यापारी र बिभिन्न संघ – संस्थामा अाबद्द समाज सेबी प्रकाश चन्द्र न्यौपाने ले हाम्रो यस जानकारी केन्द्र संग कुराकानी मा आफ्नो जन्म दिन विशेष गरी अरु ब्यक्तीको भन्दा भिन्न तरिकाले मनाउनु भएको छ ।
,
हामिले उहालाई सोधेको प्रश्न अनुसार सधै यसरि नै जन्म दिन मनाउनु हुन्छ भन्दा उहाले भन्नु भयो ,
अरुको भन्दा मेरो मन फरक रहेको र यसरि नै बिंद्रा – बुवा आमा साथै अनाथ बालबालिका अपाङ्ग सम्पुर्णलाई साथमा राखेर भयको केहि पैसाले मिठो खाना र सहयोग गर्न पाउदा उहाको मनमा आनन्द हुने बताउनु भयो ।
जन्म दिनमा पार्टी गरेर रक्सी र अनाबसेक खर्च गर्नु भन्दा भयको पैसालाई सही सदुपयोग गरौ हाम्रो देशमा भयका सम्पुर्ण दु;खी लाई सहयोग को भाबना राखिदिनु हुन अनुरोध गर्नु भयको थियो ।
साथै हामिले आउदै गरेको फिल्म निर्जलाको बारेमा सोधेका थियौ ।
उहाले भन्नु भयो निर्जला एउटा यस्तो सन्देश बोकेको फिल्म हो ।जुन जात – जातमा भेदभाब हुनुहुँदैन आखिरी जो जुन जात – जातिको भयपनी धनी – गरीब भयपनी सारा नेपालीले भेदभाब राख्नु हुँदैन भन्नुको साथ-साथै यस फिल्ममा मनोरन्जन पनि भयको हुँदा दशैमा रिलिज गर्न लागियको यस चलचित्रलाई सम्पुर्ण नेपाली दर्शकहरुले माया गर्नु हुनेछ भन्ने आशा राख्नु भयो ।
साथै सोही वृद्धा -आश्रम मा निर्माता प्रकाश चन्द्र न्यौपाने ज्युलाई साथमा-साथ र उहाको खुशी मा खुशी हुनका लागि निर्देशक राजु गिरी ,नित्य-निर्देशक कमल राई नायिका शुभेच्छा थापा लगायत सम्पुर्ण निर्जला का कलाकारहरुले पनि साथ दिनुभएको थियो ।