काठमाडौं – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक वर्षभित्र काठमाडौंमा मास्क नलगाई हिड्नसक्ने वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाग्मती सफाई महाअभियानको २ सय ५० औं हप्तामा आज मनोहरा दोभानस्थित शंखमुल क्षेत्रमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
सफाई अभियान कार्यक्रमअन्तर्गत आज उपत्यकाका नदी र चक्रपथ सफाई गरी ३६ टन फोहोर व्यवस्थापन गरिएको छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ४० संस्थाको संस्थागत सहभागिता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो ।
लालबाबु पण्डितले भने “अब फोहर गर्नेलाइ यसरी दण्डित गरिन्छ… हेर्नुहोस भिडियोमा [su_youtube url=”https://www.youtube.com/watch?v=3bDMFpHKziY” width=”920″ height=”880″]