असार ,काठमाडौँ |
अफ्रिकी मुलुक मोरिससले श्रम तथा रोजगार मन्त्रालयसँग नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको छ । मोरिससले नेपालबाट औपचारिक रुपमै कामदार लिन सरकारसँग प्रस्ताव गरेको हो । अहिलेपनि नेपाली कामदारहरु व्यक्तिगत प्रयासमा मोरिससमा जाने गरेका छन् ।मोरिससले नेपालबाट बार्षिक २० हजारभन्दा बढी कामदार लैजाने संकेत गरेको बताइएको छ । उसको प्रस्तावलाई श्रम मन्त्रालयले रोजगारदाता देशको श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायत बिषयलाई अध्ययन गरि टुंगो लगाउने जनाएको छ ।यस देशको एभरेज तलब तल चार्टमा देखाइएको छ । तर काम अनुसार तलब हुन्छ । यहाँका ९२.९४ प्रतिशत जनता रोजगारमा छन् । तर २०१७ को आंकडा अनुसार कर कटौती गरे यहाँको एभरेज तलब नेपाली रुपयाँ अनुसार ६५,७५८ छ । मौरिससले नेपाली कामदारले कति न्युनतम तलब पाउने बारेमा भने खुलाएको छैन ।
मोरिसस अफ्रीकी महाद्वीपको तटको दक्षिणपूर्वमा लगभग ९०० किलोमीटर टाढा पर्ने हिन्द महासागर र मेडागास्करको पूर्वमा स्थित एक टापु देश हो । मोरीससको संस्कृति, मिश्रित संस्कृति छ, जसको कारण पहिले यो फ्रांसको अधीनमा थियो भने पछी ब्रिटिशको अधिनमा आएको थियो । मोरीससले १९६८ मा स्वतन्त्रता प्राप्त गर्दै, सन् १९९२ देखि गणतन्त्र पाएको थियो । मोरीससमा स्थिर लोकतन्त्र छ, जसको कारण नियमित रूपमा स्वतंत्र चुनाव हुन्छ र मानवाधिकारीको दृष्टिले यो देशको छवि निकै राम्रो छ । साथै यो देश अफ्रीकाकै सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देश मध्ये एक हो ।
अर्थव्यवस्था कस्तो छ ?
बैदेशिक रोजगारीको लागि महत्वपूर्ण कुरा त्यस देशको अर्थ व्यवस्था नै हो ।
सन् १९६८ मा स्वतन्त्र भएको यो देश, एक निम्न आय भएको, कृषि उत्पादनमा आधारित अर्थव्यवस्थाबाट विकसित हुँदै एक विविधतापूर्ण मध्यम आय भएको अर्थव्यवस्थामा परिवर्तित भईसकेको अवस्थामा छ । जसको तीब्र रुपमा बढेको औद्योगिक, वित्तीय र पर्यटन क्षेत्र आर्थिक समृद्धिका आधार हुन् । यसको अधिकांश अवधिको वार्षिक वृद्धिदर, ५ % देखि ६% को बीचमा रहँदै आएको छ । यसको अर्थव्यवस्था मुख्यतः पर्यटन, कपडा उद्घ्योग, सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रहरुमा पनि यो देशले तीब्र विकास गर्दैछ । मोरीसस, लीबिया र सेशल्स मात्र तीन यस्ता अफ्रीकी देश हुन्, जसको दर्जा “मानव विकास सूचकांक” को हिसाबमा ‘उच्च’ छ ।
यहाँ उखु मात्र ९०% कृषि योग्य भूमिमा लगाइन्छ । जसले कुल निर्यात आयको २५% प्राप्त गर्नमा सहयोग गर्छ । यस देशको बेरोजगारी दर पनि निकै न्यून मात्र छ । यहाँ अत्याधिक मात्रामा दुबई र सिंगापुरबाट पर्यटक जाने गरेका छन् ।
भाषा तथा धर्म
मोरीशसको आधिकारिक भाषा अंग्रेजी नै हो, यसैले सरकारको सबै प्रशासनिक कामकाज अंग्रेजीमै हुन्छ । शिक्षा प्रणालीमा अंग्रेजीको साथै फ्रान्सीसीको पनि प्रयोग हुन्छ । फ्रांसीसी भाषा मीडियाको मुख्य भाषा हो । यहाँ सबैभन्दा व्यापक रूपमा मोरीशियन क्रेयोल भाषा बोलिन्छ । हिन्दी पनि यहाँ कतिपयले बोल्न तथा बुझ्न सक्छन । केहि बर्ष अघिको आँकडालाई आधार मान्ने हो भने यहाँ हिन्दू धर्म (५२%) छन्, ईसाई धर्म मान्नेहरु (२७%) र इस्लाम (१४.४ %) छन् ।