नवलपरासी, साउन ४ ।
सुस्ताका ६० वर्षे बलमान गुरुङ अाज सक्रवार बिहान ८ बजेदेखि हराईरहेका छन् ।
बिहान अाफ्नै गाेठमा भैंसीहरुकाे सुसारमा व्यस्त देखिएका गुरुङका परिवारका सदस्य खाना लिएर गाेठमा पुग्दा उनी त्यहा नरहेकाे तथा भैंसी दुहुन समेत बाकी रहेकाे थाह पाएपछि उनी हराएकाे अाशंका गरिएकाे हाे ।
सुस्ता गाउपालिका वडा नं ४ नरसहि गाउकाे सडकमा नया कालाेपत्रे गरिएकाले भैंसी गाउमा लैजान नमिलेपछि गाउँ बाहिर गाेठ बनाई भैंसी स्याहार्दै अाएका गुरुङ नारायणी नदिमा डुबेकाे हुनसक्ने अनुमान गरिएकाे स्थानीय देवान गुरुङले बताएका छन् ।
दाउरा झिक्न वा नुहाउन वा अन्य कुनै कामका लागि नारायणी नदी तटमा गएकाे अवस्था नदीमा चिप्लिएर लडेकाे हुनसक्ने अनुमान प्रबल छ ।
प्रहरी तथा गाउलेकाे सहयाेगमा बलमानकाे खाेजी कार्य भैरहेकाे छ । कुनै कारणवस बलमान अन्त्यै क्षेत्रमा गएकाे हुनसक्ने तथा अन्य क्षेत्रमा भए उनकाे खाेजी गरिदिन सञ्चारमाध्यम, प्रहरी, समाजसेवी सबैलाई परिवारले अनुराेध गरेकाे छ ।