काठमाडौं,
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीको माग पुरा नभए देशमा आगो बल्ने बताएकी छन् । डा. गोविन्द केसीका समर्थकद्वारा आयोजित प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले यस्तो कुरा बताएकी हुन् ।
कार्कीले आम जनताको हितमा माग उठाएका केसीलाई वेवास्ता गरिए देशमा आगो बल्ने चेतावनी दिएकी हुन् । ‘एक दुई धनी व्यापारीको हित नहेरी आम जनताको हितमा काम गर्न म सरकारलाई अनुरोध गर्न चाहन्छु’, उनले भनिन,‘सरकारले गोविन्द केसीको माग पुरा गरोस, माग पुरा नगर्ने हो भने देशमा आगो बल्छ ।’
उनले डा. केसीले जनताका लागि अनसन बसेको जिकिर गरिन । उनले भनिन्,‘डा.केसीलाई बचाउनु सरकारको धर्म हो, उहाँ हाम्रो निम्ति माग राखेका छन’। उनीकुनै दलको कार्यकर्ता होइनन्। जनताको आवाज बोलेका हुन्।’
केसी समर्थकहरुले आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म बसन्तपुर क्षेत्रमा सामुहिक अनसन बस्ने घोषणा गरेका छन् ।