साउन १८ गतेबाट अलनेपाल प्रर्दशन हुने फिल्म फिल्म ‘कायरा’ को निर्माण युनिट यतिबेला प्रचारप्रसारका लागि देश दौडाहमा छ । शनिबार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह सहितको युनिटले पोखरामा आफ्नो फिल्मको प्रचारप्रसार गर्यो । पोखरामा फिल्म टिमले बाईक र्याली सहित प्रचारप्रसार गरेको हो ।
बाईक र्याली पश्चात पत्रकार भेटघाट कार्यक्रममा नायक आर्यनले कायरा प्रेम कथामा आधारित फिल्म भएको बताए । एक विशुद्ध प्रेम कथामा बनेको फिल्म हो , यसमा अन्य सामाजिक सन्देश पाउनु भन्दा पनि फिल्मले मनोरञ्जन प्रदान गर्नेमा आफु ढुक्क रहेको उनले भने ।
नायिका साम्राज्ञीले आर्यन दाईसंग काम गर्न रमाईलो महशुष भएको बताउदैं कायरा माया सहित सबै राम्रो पक्षको कथा समेटिएको फिल्म भएको बताईन् । निर्देशक लक्ष्मण रिजालले एक पटक हलसम्म पुगेर कायरालाई माया गरिदिन दर्शकलाई आग्रह गरे ।
आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको फिल्ममा लेखन पनि आर्यनकै छ । फिल्ममा आर्यन र साम्राज्ञीसंगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न पाईनेछ ।