५ भदौ / नवलपरासी पश्चिम
प्रदेश नम्बर पाँचमा भोली सार्वजनिक बिदा दिइनेभएको छ ।
आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।
अब प्रदेश १,२ र ५ मा भोलि ६ गते सार्वजनिक बिदा रहने छ ।