शुक्रवारबाट रिलिज हुने सिनेमा ‘प्रसाद’ ले बुधवार काठमाडौंमा गरेको प्रिमियरमा सेलिब्रेटीहरूबाट तारिफ बटुलेको छ ।
प्रिमियरमा सिनेमा हेरेका सेलिब्रेटीहरूले सिनेमा मनपरेको प्रतिक्रिया दिए । दिनेश राउतको निर्देशनमा बनेको सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन्।
सुभास थापाको निर्माणमा बनेको सिनेमालाई सुशिल पौडेलले लेखेका हुन्।