अहिले सम्म भुकम्पको भविश्य वाणि कसैले गर्न सकेका छैनन। न अाधुनिक वैज्ञानिक हरूलेनै गर्न सकेका छन न त जति सुकै ठुला ज्योतिषिहरू ले नै गर्न सकेका छन । अहिले यो संकटको बेला भुकम्प सम्बन्धि भविश्य वाणिको अातंकले समाजमा झनै त्रासको वातावरण सृजना गरेको छ। यस्तो अातंक फैलाउनेहरू ले अाफ्नो नियोजित स्वार्थ पुरा गर्ने माध्यम बनाएका छन जहाँ धेरै प्रकारका स्वार्थ लुकेका हुनसक्छन जस्तै चर्चामा अाउने माध्यम , समाजमा अातंक फैलाएर फाइदा उठाउने दुश्प्रयास अादि इत्यादि जे पनि स्वार्थ हुन सक्छ “अधेरोमा झटारो हाने पछि अाँप झरि गयो भने टिपेर खाँउला” भनेर गरिएको नियोजित चाल हो । यदि यस्तो स्वार्थ नहुदो हो त देशमा संकट परेको वेला, सवै तिर हाहाकार भएको बेला कुनै पनि सज्जन मान्छेले अागोमा घिउ थप्ने काम कसैले गर्न सक्दैन।
दोष हामि त्यस्ता भविश्य वाणि अातंकको पछाडि लागेर पत्याइ दिनेको पनि छ । नराम्रो कुरा चाडै फैलनु स्वभाविक हो तर भुकम्पको सन्दर्भमा हामि सबै अाफै अनुभवि छाै किन हामि यस्ता कुराको पछाडि लाग्नु भन्दा पहिले अाफैं सँग प्रश्न गर्दैनाैं बैशाख १२ गते अघाडि किन कसैले भविश्यवाणि गरेन ? र त्यहि विनाशकारि भुक्मपले ८ हजार भन्दा बडिको ज्यान लियो र लाखाै लाइ पिडित बनाइदियो यो तपाइ हामि सबैले अनुभव गरेको कुरा हैन र ? त्यति नै वेला गरेको थियो रे कसैले पत्याएन अरे अब चै अस्तिको भन्दा ठुलै अाउछ भनेका छन भन्ने जस्ता कपोकल्पित हल्ला पनि अाए अहिलै अाउछ, भलि यति बजे अाउछ रे हैन अर्कोले त यति बजे सम्मा पो अाउछ भनेको थियो त भन्ने खालका भ्रामक कुराले कयाैं वस्न मिल्ने घर छोडेर बाहिर बाहिरै खाइनखाइ रात विताउनु पर्ने वातावरणको सृजना गरियो र अझै पनि भविश्य वाणिको अातंक कायमनै छ न उनिहरूले भनेको कुरा पुगेको नै छ न त हामि त्यसताले भनेका कुरा पत्याउन नै छोडेका छाैं अचम्प त के छ भने अलि कति जान्ने वुझ्ने हरूले नै बिभिन्न न्युज च्यानल तथा सामाजिक संजालहरूमा देखेको सुनेको भरमा पत्याइ नपत्याइ छलफल गर्नाले र त्यसको पछि पत्याएर वा नपत्याइ लागि दिनाले बच्चा देखि बुढा पाका सम्ममा त्रासको वातावरण सृजना गर्न अप्रतक्ष रूपमा प्रसय पाइरहेको देखिन्छ ।* अर्को यथार्थता अब भुकम्प अाउदैन ढुक्क हुदा हुन्छ यति वर्ष सम्मलाइ ढुक्क उति वर्ष लाइ ढुक्क भन्ने जस्ता कुरा अाउदा अाउदै पनि फेरि अाएका ठुला भुकम्पको पराकंम्पनको विध्वम्स सहनु परेको अनुभव पनि हामि संगै छ
यहि भुकम्प बाटै हामिले पाठ सिकिसकेका छाैं अरू कुरा द्विबिधा भए पनि भुइचालो जाने नजाने भन्ने सन्दर्भमा गुरू थापेर कसैलाइ कसैले पनि सोध्न जरूरतनै छैन चाहे बच्चा,बुढा, निरक्षर साक्षर जोसुकै होस सबैमा भुकम्पको अनुभव एउटै छ र भुकम्प जाने नजाने भन्ने सन्दर्भमा उत्तिकै जानकार छाै किनकि न कसैले भविश्य वाणि गरे जस्तो बैशाख १२ को भन्दा ठुलो भुकम्प अाएको छ वा न बिचमा भविश्य वाणि गरे कै समयमा अाएको छ र अर्को तिर यति वर्ष उति वर्षलाइ ढुक्क भने जस्तो ठप्पै रोकिएको छ भुकम्प जाने नजाने भन्ने कुरामा अाफ्नै अनुभवलाइ अाधार मान्ने हो भने पनि तपाइ हामि जो कोहि ले पनि भन्न सक्छाै *
भुकम्प अाउने नअाउने भनेर कसैले पनि भविश्यवाणि गर्न सक्दैन
कसैको भनाइमा लागेर अात्तिहाल्नु पनि छैन ढुक्क हुने अवश्था पनि छैन
अाफु सम्यमितहुनु पर्यो अनि सचेत पनि , हल्लाको पछि लागेर अाफुले जानि जानि दुख निम्तयाउनु मात्र हो
यो निहित स्वार्थ पुरा गर्ने समय हैन एक जुट हुने समय हो
यति कुरा हामि सवैलाइ थाहा हुदा हुदै किन केहि कोहिका स्वार्थ पुरा गर्ने वातावरण बनाउने ? भविश्य वाणिको पछाडि लागेर किन त्रासको वाताणरण सृजना गर्न मद्त गर्ने ? हल्लाको पछि लागे यस्ता प्रश्न अाफै तिर फर्कन्छन। भुकम्मप अाउने जाने बारे जानकार छाै, सचेत रहाैं हल्लाको पछि कहिलै नलागाैं www.jankarikendra.com
भुकम्पको भविश्य वाणि कसैले गर्न सक्दैन, हल्लाको पछाडि किन लाग्नु
भुकम्पको भविश्य वाणि कसैले गर्न सक्दैन, हल्लाको पछाडि किन लाग्नु
तपाईको प्रतिक्रिया