सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन प्रदेश ३ को काठमाडौँ साहित्य बाहिर छ प्रदेशमै श्रम कार्यालयको व्यवस्था गरेको छ ।
सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि सबै प्रदेशमा श्रम स्वीकृतिको सेवा दीईरहेको छ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको चापलाई कम गर्न काठमाडौँबाट मात्र नभई प्रदेश पिच्छे विकेन्द्रित कार्यालयहरु खोलेको हो । प्रदेश अन्तर्गतका कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रदेशमा खुलेका श्रम कार्यालयहरुले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्दछ ।
कुन प्रदेशको श्रम कार्यालय कहाँ ? (सम्पर्क नम्बर सहित)
प्रदेश न. १
ठेगाना: तीनपैनी, बिराटनगर
फोन न.: ०२१-४६३०२०, ०२१-४६३०२४
कार्यालय प्रमुख: श्री सविता दाहाल
प्रदेश न. २
ठेगाना: क्याम्पस चोक, जनकपुर
फोन न.: ०४१-५२०१३५
कार्यालय प्रमुख: श्री मनोज कुमार यादव
प्रदेश न. ३
ठेगाना: ताहाचल, काठमाडौँ
फोन न.: ०१-४०३०६६७
कार्यालय प्रमुख: श्री देवेन्द्र कार्की
गण्डकी प्रदेश
ठेगाना: पार्दी, सहिदचोक, पोखरा
फोन न.: ०६१-४६६८२२
कार्यालय प्रमुख: श्री गणेश प्रसाद श्रेष्ठ
प्रदेश न. ५
ठेगाना: चांदबारी, बुटवल
फोन न.: ०७१-५०३२८१
कार्यालय प्रमुख: श्री उमेश शर्मा
कर्णाली प्रदेश
ठेगाना: कालिन्चोक, विरेन्द्रनगर, सुर्खेत
फोन न.: ०८३-५२०३२४, ०८३-५२४२७२
कार्यालय प्रमुख: श्री श्यामकृष्ण आचार्य
सुदुरपश्चिम प्रदेश
ठेगाना: हसनपुर्, धनगढी
फोन न.: ०९१-४१२०२९
कार्यालय प्रमुख: श्री कृष्णनन्द जोशी
sorce sajasabal.com