संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुरु गरेको छ । हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट सुझाव पठाउन पाउने व्यवश्था गरिएको छ ।
विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयले जानएको छ ।
सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।
प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।
नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ ।
अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, फ्याक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न नपाएकाहरुले संविधानसभाको वेभसाइटमा गएर पढ्न सक्नेछन् ।
त्यस बाहेक जिल्ला जिल्लामा पठाउनका लागि मस्यौदाको २ लाख कपी प्रकाशित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विहीवार साँझै पत्रकार सम्मेलन मार्फत जनतालाई संविधानमा आफ्नो राय दिन अपील गर्नेछन् ।
इमेल मार्फत सुझाव पठाउन चाहनेले comt.crcs@gmail.com र nparl.international@can.gov.np इमेल ठेगानामा सुझाव पठाउन पाउनेछन् ।
यस्तो छ संविधानको मस्यौदा नयाँ संविधानको मस्याैदा पढ्न यहिं थिच्नु होस
यसरि सुझाव दिन सक्नुहुन्छ अब बन्ने संविधानमा, मस्याैदाको पुर्ण पाठ सहित
यसरि सुझाव दिन सक्नुहुन्छ अब बन्ने संविधानमा, मस्याैदाको पुर्ण पाठ सहित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु