एजेन्सी । बच्चा जन्मेको सामान्यतया ६-७ महिनापछि मात्र दाँत पलाउँछ । तर बेलायतमा भने एक महिलाले दुइ वटा दाँत पलाइसकेकी छोरी जन्माएकी छिन् । बच्ची जन्मिदै अघिल्ला दुइवटा दाँत पलाएको देखेपछि नर्स तथा डाक्टरहरु त अचम्ममा परे नै बढि आपत भने आमा चाहीँलाई पर्यो । छोरी जन्मिँदै २ दाँत देखेपछि आमालाई सुरुमा डर लाग्यो र दुध चुसाउन मन लागेन । तर अन्ततः डाक्टरहरुले ती जन्मजात दाँत हटाइदिए र कोलले बच्चालाई निर्धक्क दुध चुसाउन थालिन् । बेलायतको वेल्सकी २५ वर्षकी कोल पुलेन्सले युनिभर्सिटी अस्पतालमा दुइ दाँते छोरी जन्माएकी हुन् ।
उनकी छोरीको तौल ३ किलो भन्दा बढि छ । उक्त अस्पतालमा पहिलो पटक त्यस्तो दाँत पलाएको बच्चा जन्मिएको भएपनि विश्वमा हरेक ३ हजार नयाँ जन्ममा एउटा बच्चाको जन्मिँदै दाँत पलाउने विज्ञहरु बताउँछन् । रोचक कुरा त के भने कोलकी हजुरआमाको समेत जन्मिँदै दाँत पलाएका रहेछन् ।