नेपाली बजारमा फेरी सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य रु ३ सयले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार ८६ हजार ९ सयमा छापावाल सुन कारोबार भएको थियो । बुधबार पनि सुनको भाउ तोलामा ६ सयले बढेको थियो। यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजोको तुलनामा आज प्रतितोला रु २० ले बढेर चाँदीको मूल्य १२ सय ९० कायम भएको हो ।
सुनको मूल्य लगातार उकालो
सुनको मूल्य लगातार उकालो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु