काठमाडौं । दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई बाँके प्रहरीले सात वर्ष पछि नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–२ का ७५ वर्षीय हनिफ शेष छन् । शेषसहित उनको श्रीमती सहजत खाँ र छोरा फरिज शेष (ढपाली) ले फरिजको श्रीमती २३ वर्षीय रिहान शेष (ढपाली) को शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । घटना २०७० चैत २ गते रातिको हो । दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै श्रीमान र सासु ससुरा मिलेर रिहान सुतेको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए । घटना पछि रिहानका श्रीमान र सासु फरार छन् । तीन जनाविरुद्ध रिहानका बुबा बाँके डुडुवा गाउपालिका–६ का मो. समिम शेषले जाहेरी दिएका थिए । जलेर घाइते भएकी रिहानलाई परिवारले सुटुक्क उपचारको लागि भारत लगेका थिए । भारतमा केही समय उपचार पछी घरमा ल्याएपछि मात्र घटनाबारे माइती पक्षलाई जानकारी गराएको प्रहरीले जनाएको छ । त्यसपछि मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो । उनको तत्काल भेरी अस्पतालमा उपचार गरी थप उपचार काठमाडौंमा भएको थियो । प्रहरीले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ ।
दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल !
दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल !

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु