काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा २ हजार १०१ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६१ हजार १४६ पुगेको छ । गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको ज्यान गएको छैन ।
नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ । हाल ५९ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ९५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ ।