मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । काममा खर्च बढ्नेछ । अर्थ अभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ । आफ्नै प्रयासले लाभ मिल्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । यात्रामा विशेष लाभ होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । आय आर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आयआर्जन राम्रै हुनेछ ।