काठमाडौं– बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । शुक्रबार आयोजित विशेष कार्यक्रमकाबीच भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी छन् । त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली,सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरूको पनि सहभागिता रहेको छ ।मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ । भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाएको बताइएको छ ।