फेसबुक चलाउने करिब ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी लिक भएको छ ।फेसबुकबाट लिक भएको डाटामा इमेल र फोन नम्बर सहित सम्पूर्ण जानकारी रहेको छ । एक रिपोर्टमा उक्त लिकको बारेमा बताइएको छ । त्यस्तै डाटा लिकको बारेमा दिग्गज सामाजिक सञ्जाल कम्पनी फेसबुकले उक्त रिपोर्ट पुरानै भएको प्रतिक्रिया दिएको छ । तर मिडिया रिपोर्ट र साइबर विशेषज्ञको अनुसार, ५० करोड भन्दा धेरै प्रयोगकर्ताको निजी जानकारी ह्याकरसँग छ ।
सन् २०१९ मा लिक भएको उक्त डाटामा इमेल एड्रेस, मोबाइल नम्बर र बैंक अकाउन्ट जस्तो सम्पूर्ण जानकारी रहेको छ ।हडसन रक साइबर क्राइम इन्टेलिजेन्स फर्मको प्रमुख प्रविधि अधिकारी, एलोन गैलले शनिवार एक ट्वीट गर्दै ५३ करोड ३० लाख जना प्रयोगकर्ताको निजी जानकारी लिक भएको जानकारी दिएका छन् । बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार, लिक भएको डाटामा फोन नम्बर सहित केही जानकारी वर्तमान समयको रहेको बताएको छ । गैलले भने, “यसको मतलब यदि तपाई फेसबुकको प्रयोग गर्दै हुनुहुन्छ भने, तपाईँले फेसबुक अकाउन्टको लागि प्रयोग गर्दै आएको फोन नम्बर लिक भएको छ ।”
कम्पनीमाथि प्रश्न बढ्दै गएपछि फेसबुकले यसलाई पुरानो रिपोर्ट रहेको बताएको छ । एलोन गैलले प्रयोगकर्ताको डाटा लिकको बारेमा फेसबुकको आलोचना गरेका थिए साथै उनले यसलाई फेसबुकको लापरबाहीको संज्ञा दिएका छन् ।साइबरक्राइम विशेषज्ञ र प्रयोगकर्ताले जब फेसबुकबाट डाटा लिक भएको विषयमा कम्पनीको आलोचना गरे तब कम्पनीले पुरानै खबरमा आधारित रहेर रिपोर्ट तयार गरिएको बताएको छ । फेसबुकका प्रवक्ताले सन् २०१९ अगस्ट महिनामा जानकारी लिक भएको र पछि कम्पनीले त्यसलाई ठिक गरेको बताएका छन् ।
फेसबुकबाट लिक भएको डाटा जब बेच्ने प्रयास गरियो तब गैलले ट्वीट गरेका थिए । उनले भने, “करिब ३.२ करोड अमेरिकी प्रयोगकर्ताको जानकारी ह्याक भएको छ र यसमा डाटा अकाउन्ट, इमेल एड्रेस, रिलेशनशिप स्ट्याटस, फोन नम्बर, पुरा नाम र जन्म मिति सहित थुप्रै जानकारी छ ।” फेसबुकको डाटा लिक भएको यो पहिलो मामिला होइन, यस भन्दा पहिला पनि डाटा लिकको बारेमा कम्पनी थुप्रै पटक विवादले घेरिएको छ ।
सन् २०१६ मा एक बेलायती कन्सल्टिंग फर्म क्याम्ब्रिज एनालिटिकाको अनुसार, राजनीतिक विज्ञापनको लागि लाखौं फेसबुक प्रयोगकर्ताको निजी जानकारी लिक गरेको थियो र यसको विवाद निकै ठुलो थियो ।