केही दिनदेखि बढ्दै गएको नेप्से (मगलबार)आज पनि १५ अंकले बढेको छ । आज ०.५९ प्रतिशत अर्थात १५.७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अंकले बढेर ४७६. १८ उच्च विन्दुमा पुगेको छ ।
आज २१३ कम्पनीका ८१ हजार ७५५ पटक कारोबार भएर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।