काठमाडौं । साइबर ब्युरोले दीपाश्री निरौला लगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
निरौला लगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरिएको हो ।
प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पश्चात पर्साबाट पक्राउ गरेको हो ।