फेरी कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।
सोमबार मन्त्रालयमा आयोजित छलफलमा सरोकारवालाहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड प्रोटोकल पालना भए-नभएकोबारे बेला बेलामा स्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।