भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार भन्दा बढि पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड-१९ का कारण १६ सय १९ जनाको ज्यान गएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा कुल संक्रमितको संख्या एक करोड ५० लाख ६१ हजार ९ सय भन्दा बढि पुगेको छ ।
अहिलेसम्म कोभिड-१९ बाट एक लाख ७८ हजार ७ सय ६९ जनाको ज्यान गएको छ। सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार ३सय २९ जना रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।