आजबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानका सुरुवातमा पहिलो डोजको खोप लगाएकालाई मंगलबारबाट दोस्रो डोज खोप दिन लागिएको हो ।
नेपालका माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सुरुमा कोरोना रोकथाम नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप दिइएको थियो ।
भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप नेपाल आएपछि नेपालमा खोप अभियान सुरु भएको थियो । गत माघ १४ देखि फागुन १० सम्म पहिलो खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका
कर्मचारी लगायतलाई ११ गतेसम्म दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।