काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ८ हजार १७३ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९० जना र १० देखि १९ वर्षका ५२८ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७९२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ९५२ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३६१, ५० देखि ५९ वर्षका १ हजार १०८ जना, ६० देखि ६९ का ६६९ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३१५ जना, ८० देखि ८९ का ९४ जना, ९० देखि १०० वर्ष उमेरका १८ जना र उमेर नखुलेका ३७ जना छन् । अहिले देशभर १ हजार ६१८ जना आईसीयूमा र ३८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।