मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रहि विश्राम पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ ठाँउको यात्राको योग छ । पूराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गार्हो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरुको काम धेरै गर्नु पर्ला । जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वस्थ्य्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कुरा काट्नेहरु प्रशस्त बढ्नेछन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागिरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । नोकरी तथा
राजनितीमा आफे बर्चस्व बढाउन सकिने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भत्तेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला ।