मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषि तर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मान सम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मान सम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । घरमा सामान्य मनमुटाव होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।