मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । बोलीको प्रभाव बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा रोकावट र कम मात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काममा माता पिताको सहयोग प्राप्त होला । नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनु पर्दा काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । यात्रा पनि होला । आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभ चिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वहरुको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ ।