प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भर्खरै सकिएको मतदनमा देउवाले २७१ सांसद मध्ये १६५ जनाको मत पाएका छन्।
विपक्षमा ८३ मत र तटस्थमा एक मत परेको छ।
मतदानमा २४९ जना सांसद मतदानमा उपस्थित थिए।
असार २९ गते सर्वोच्चको आदेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले पुनस्थाति संसदको पहिलो बैठकमै विश्वासको मत लिएका हुन्।
देउवाको पक्षमा कांग्रेसक, माओवादी केन्द्र र जसपाका सांसदले मतदान गरेका छन्। भने एमालेको माधव नेपाल पक्ष एवं ओली खेमामा खुल्दै आएका आठ जना सांसदले समेत देउवालाई विश्वासको मत दिएका छन्।