महोत्तरी : जलेश्वर नगरपालिका–४ महेन्द्रचोकमा बुधबार बन्दकर्ताले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा भएको झडपमा परी जलेश्वर नगरपालिका–७ बस्ने रोहन चौधरी, जलेश्वर नगरपालिका–१४ बस्ने मुसवा कापर र जलेश्वर नगरपालिका–५ बस्ने रामविवेक यादवको मृत्यु भएको छ । सो क्रममा ८ जना प्रदर्शनकारी घाइते भएका छन् । सो स्थानमा रबर बुलेट र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै गरेर सप्तरी : पोर्ताहा–८ स्थित पूर्ब–पश्चिम राजमार्गमा मधेसी मोर्चाका कार्यकर्ताले सडकमा रुखका मुढा र ढुंगा राखी गरेको यातायात अवरुद्ध प्रहरीले खुलाउनेक्रममा बुधबार भएको झडपमा परी पोर्ताहा–१ बस्ने ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको छ । सो क्रममा प्रहरी हवल्दार धीरेन्द्र यादव, प्रहरी जवानद्वय धर्मेन्द्र सिंह तथा भिम चेम्जोङ र सशस्त्र प्रहरी हवल्दार रामकाजी खत्री सामान्य घाइते भएका छन् । प्रहरीले अवराध हटाउने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले चारैतिरबाट घेरा हाली ढुंगामुढा गर्न थालेपछि प्रहरीले सम्झाई बुझाई गर्दासमेत नमानेकोले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको छ । ती स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको र हाल अवस्थामा सामान्य रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
तराइमा ४ जना अान्दोलनकारीको मृत्यु , दर्जनाैं प्रहरी र अान्दोलनकारी घाइते
तराइमा ४ जना अान्दोलनकारीको मृत्यु , दर्जनाैं प्रहरी र अान्दोलनकारी घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु