एजेन्सी, २६ भदौ । म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएका २० जना मारिएका छन् । सरकारको विरोधमा उत्रीएका प्रदर्शनकारी र म्यानमार सेकुरीटीज फोर्स बिच भएको झडपमा २० जान मारिएको म्यानमारका सञ्चार माध्यमहरुले जनाएका छन् ।
म्यानमारमा यसअघि ८ महिनादेखि जारी सैन्य सरकारविरुद्धका प्रदर्शनमा १ हजार ५८ जनाको मृत्यु भइसकेको छ । सैन्य सरकारले हालसम्म ६ हजार ३०० भन्दा बढीलाई गिरफ्तार गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी अलजजिराले उल्लेख गरेको छ ।-Photo: Agency