२७ भाद्र, काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औं शताब्दीको समजावदको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसका लागि प्रयास पनि भइरहेको बताए । ‘२१औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘यसको प्रयास पनि भइरहेको छ ।’
विभाजित भएर केही पनि नहुने भन्दै प्रचण्डले फेरि एकै ठाउँमा आएर हेर्नुपर्नेमा जोड दिए । ‘एक चरण विभाजित भएर हेरियो,’ नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा उनले भने, ‘त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन । त्यसकरण फेरि एक ठाउँमा आएर हेरम् ।’