क्षिण अमेरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ ।जसका कारण राजधानी सेनटियागोमा भवनहरुमा क्षति पुगेको छ।
राजधानी सेन्टियागोबाट लगभग २४६ किलोमीटर टाढा उत्तर पश्चिमको तटिय क्षेत्रमा ८.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापक संस्थाले जनाएको छ ।
शक्तिशाली भूकम्प आएका कारण प्यासिफिक क्षेत्रमा सूनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ । भूकम्प का कारण भएको क्षती बारे कुनै बिबरण आएको छैन । स्थानिय समय अनुसार भूकम्प साझ ७ः ५४ बजे आएको थियो ।