३० भाद्र, काठमाडौँ : नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ ।
हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।