एजेन्सी । नागिनको साथी नागलाई मारेको बदलामा नागिनले आतंक मच्चाएको फिल्ममा मात्र देखेका छौ । तर, भारतको उत्तर प्रदेशमा वास्तविक घटना घटेको छ । नागिनले नागको मृत्युपछि २६ जनालाई डसेकी छिन् ।
यो बहराइचको खेतमा पानी लिन गएका मानिसहरुलाई विषालु सर्प निस्किएर टोकेको थियो । सर्पले शंकरपुर, चिलबिल,बेलभरिया सहित केही गाउँमा २ दर्जन भन्दा बढी पशुहरुलाई टोकेपछि कसैले सर्पलाई मारेको थियो । नागलाई मारेपछि नागिनले २६ जना मानिसहरुलाई डसेकी हुन् । २६ जना मध्ये एक जनाको मृत्यु भएको छ । गाउँका सबै मानिसहरुले नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले गाउँमा आतकं मच्चाएको बताएका छन् ।