मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता कीर्तिमानी काम गर्ने समय र रमाइलो यात्राको योग रहेको छ । जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ काम वा रोजगार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागि भइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न पनि सकिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता आफन्त वा इष्टमित्र सँग पुनर्मिलनको योग रहेको छ । काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता कुनै कुराले मनमा शान्ति छाउला । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । रमाइलो यात्राको योग पनि रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको दिन रहनेछन् । मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत गरेमा कार्य सिद्धि हुन सक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्तामा नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शेयर बजारको लगानी पछि फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र व्यवधान भने आउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो हप्ता चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ ।