टिमुर २–३ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पति हो । संयुक्त पात एकान्तर, ४–८, से.मी. लामो, स–साना ३–१३ वटा पत्रकहरू भएको हुन्छ ।
पत्रकहरूविपरीत, भेट्नु नभएको, अण्डाकार, किनारा महिसो करौती जस्तो वा सीधा, टुप्पा तिखो, माथिल्लो सतह गाढा हरियो र तल्लो सतह फिका हरियो रङ्गको र ग्रन्थियुक्त हुन्छ ।
काण्डमा र पातको फेदमा थेप्चा काँडाहरू हुन्छन् । पात पलाउने हरेक आँख्लाबाट फूलको छुट्टै हाँगा निस्किएको हुन्छ । फूलहरू हरिया रकेही पहेंला, स–साना हुन्छन् । भाले र पोथी फूल फरक फरक बिरुवामा हुन्छन् ।
फूलमा पत्रदल हुँदैन, पुष्पदल ६–८, खण्ड भएको, पुंकेशर ६–८ वटा (भाले फूलमा) र स्त्रीकेशर १–३ वटा (पोथी फूलमा) हुन्छ । फल तीतो, पिरो र जिब्रो पर्पराउने स्वादको र सुगन्धित हुन्छ । फल ४–५ मि.मि. व्यासको, गोलो काँचोमा रातो र पाकेपछि कालो रङ्गको हुन्छ । यसको फूल जेठ–असारमा फुल्दछ र फल साउन–भदौतिर लाग्दछ र असोज–कार्तिकतिर पाक्दछ ।
उपयोगी भाग :
यसको फल जसलाई टिमुर भनिन्छ र बोक्रा प्रयोग हुन्छ ।
प्राकृतिक वासस्थान तथा उद्गम:
यो प्राकृतिक अवस्थामा ११००–२५०० मिटरसम्मको उचाइमा पूर्व, मध्य र पश्चिम नेपालमा पाइन्छ ।
साथै हिमालय क्षेत्र (कश्मीरदेखि भुटानसम्म), उत्तरी भारत, चीन, ताइवान, फिलिपिन्स लगायतका देशमापाइन्छ ।
खेती तथा प्रसारण:
टिमुरको व्यावसायिक खेती शुरु नभए तापनि हाल आएर केही ठाउँहरूमा यसलाई व्यावसायिक
रूपमा लगाउन थालिएको छ । टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ ।
१) बीउबाट २) डाँठको कटिङबाट
१) बीउबाट
टिमुरको लागि बीउबाट प्रसारण गर्नुभन्दा कटिङबाट प्रसारण गर्नु राम्रो हुन्छ । बीउको उमार क्षमता
ज्यादै कम (१०–१५ प्रतिशत) हुन्छ । असोज–कार्तिकतिर पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेरघाममा सुकाई भण्डारण गर्नु पर्दछ । त्यसरी संकलन गरेको बीउलाई फागुन–चैत्रतिर, खनजोत गरी तयारीपारिएको नर्सरी व्याडमा छरेर बिरुवा उमारिन्छ । एकहेक्टर जग्गाको लागि ५०० ग्राम बीउ आवश्यकहुन्छ ।
नर्सरी विधि:
नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको
वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ । ब्याडको उचाइ सामान्यतया १५ से.मि. र चौडाइ१ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टासम्मडुबाई राखेर रोप्दा राम्रो हुन्छ । बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ । बीउलाईब्याडमा रोपिसकेपछि धूलो माटोले हलुकासँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा पराललेपातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ ।र अर्को ६० से.मी. जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकका थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ । सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मिजति अग्लो भएपछि तयारी जग्गामा रोप्न सकिन्छ ।
२) डाँठको कटिङबाट:
माघ–फागुनतिर कटिङ राखिन्छ । कटिङ राख्नको लागि २–३ से.मि. व्यास भएको र तीनवटा आँख्ला
भएको काण्ड (डाँठ) राम्रो मानिन्छ । छिप्पिएको डाँठलाई १५ से.मि. लामो काटी नर्सरीमा तयार पारिएकोप्लास्टिकको थैलोमा वा ब्याडमा तर्सो पारेर रोपिन्छ । कटिङ राख्दा डाँठलाई रुट हर्मोन
को झोल (२–३ प्रतिशत) मा चाबेर रोप्दा राम्रोसँग सर्दछ । यसरी तयार पारिएको बिरुवा ३–४ महिनामा
रोप्नको लागि तयार हुन्छ ।
बिरुवा रोपण:
बिरुवा रोप्ने कार्य मनसुन शुरु भएपछि अर्थात् साउन–भदौमा गर्नु पर्दछ । बोट ठूलो हुने भएकोले,
करीब १.५–३ मिटरको दूरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० से.मि. को गहिरो खाल्डो खनी त्यसमा
गोबरमल हाली रोपिन्छ । एक हेक्टर जमिनमा करिब १००० बिरुवा लगाउन सकिन्छ । रोपिएकबिरुवाकोवरिपरि पानी जम्न दिनु हुँदैन । बिरुवा रोपिसकेपछि वर्षको दुई–तीनपटक गोडमेल गरी गाईवस्तुको मल बिरुवाको वरिपरि राख्नु पर्दछ । बिरुवा रोपेको तीन वर्षपछि टिमुर फल्न शुरु गर्दछ । बीउबाट रोपेकोभन्दा कटिङबाट रोपेको बिरुवामा चाँडो फल लाग्दछ ।
हावापानी र माटो:
यो प्राकृतिक रूपमा महाभारत पर्वत शृङ्खलाको खुला पाखामा पाइन्छ । यसको खेतीको लागि
हिउँदमा ठण्डा र गर्मीमा न्योनो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ । अन्य बालीकोलागि उपयुक्त नहुने भीर पाखा तथा बलौटे एवं पत्थरिलो माटोमा यसलाई लगाउन सकिन्छ । माटोकोअम्लियपन (पि.एच) ६.५–७.० सम्म भएको बलौटे माटो सबैभन्दा उपयुक्त हुन्छ ।
संकलन तथा भण्डारण:
यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नु अगावै असोज–कार्तिक महिनाको मध्यतिर
संकलन गरिन्छ । फललाई हातले टिपेर वा लठ्ठीले हानेर झारी संकलन गरिन्छ । संकलन गरिएका
फलहरूलाई पात काँडाहरू हटाई राम्ररी सुकाई बोरामा कसेर ओभानो ठाउँमा भण्डारण गरेर राख्नु पर्दछ ।यसको फलबाट स्टिम डिस्टिलेसन विधिद्वारा सुगन्धित तेल निकालिन्छ ।
बजार तथा उत्पादन:
यसको बजार राम्रो छ । यसको बजार मूल्य प्रतिके.जी. रु. २००–३०० पर्दछ । एउटा परिपक्व
बोटमा सरदर २–४ के.जी. टिमुर फल्दछ । एक जनाले एक दिनमा सामान्यतया ४ के.जी. टिमुर टिप्न
सक्दछ । नेपालमा वार्षिक सरदर १२०० के.जी. टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक
हेक्टर जग्गामा २०००–४००० के.जी. टिमुर फल्दछ ।