काठमाडौँ – पछिलो समय विश्वभरी लोकप्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय देशमा टिकटक बन्द गरेको समाचार हामीले सुन्दै आएको छौं । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् ।
अब भने टिकटक निर्माता देश चीनमा समेत टिकटक चलाउने समय ४० मिनेटमा सिमित गरिएको छ । चीनमा अब टिकटक प्रयोगकर्ताले ४० मिनेटमात्र चलाउन पाइने भएका छन् ।चिनियाँ भर्सनको टिकटकमा यो नियम लागू भएको हो । चीनमा १४ वर्ष मुनिका बालबालिकाले अब दैनिक ४० मिनेटमात्र टिकटक चलाउन पाउनेछन् ।