एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा एउटा यस्तो पार्क छ जहाँ निर्वस्त्र भएका मानिसले मात्रै प्रवेश पाउँछन् । यस पार्कमा फुटबल पिच जत्रै हिस्सा नाङ्गै आराम गर्न चाहने व्यक्तिका लागि १५ अक्टुबरसम्म परीक्षणका लागि खोलिएको हो ।
उक्त क्षेत्रमा जान चाहने व्यक्तिले अपनाउनु पर्ने राम्रा कामको बारेमा सूची राखिएको छ । जस भन्दा बाहेक कुनै पनि प्रकारको अभद्र व्यवहार गर्न पाईने छैन । यो कदम पेरिसका सार्वजनिक स्थलको उपयोग गर्ने खुला बिचारवाला सोचको हिस्सा भएको पार्कका डेप्युटी मेयर पेनेलोप कोमाइट्सले बताएका छन् ।
साइन बोर्डको माध्यमबाट मानिसहरुलाई पार्कको उक्त क्षेत्र बारे जानकारी दिइनेछ जो न्यूड (नाङ्गा) व्यक्तिका लागि हुनेछ । यो स्थान बिहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म खुला रहनेछ । यस्तो पार्कका विषयमा धेरै मानिसले स्वागत गरेका छन् ।
उनीहरुले भनेका छन् – “पेरिसमा कैयौं समुद्री तट र क्याम्प छन्, जहाँ मानिस न्यूड भएर जान्छन्” । न्यूड पार्कले प्राकृतिक चाहनालाई आकर्षित गर्ने उनीहरुको दाबी छ । पेरिसमै अर्को एउटा यस्तो सार्वजनिक स्विमिङ पूल पनि छ, जहाँ मानिसहरु एक हप्तामा तीन दिन नाङ्गै पौडिन पाउँछन् ।