१० असोज, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । आज पनि शनिबारकै मूल्यमा खरिद विक्री गर्न सकिने गरी नेपाल राष्ट्र बैंकले दरभाउ तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?