काठमाडौं । बुद्ध एयरका दुई उडानमा समस्या देखिएपछि छानविन छोली गठन गरिएको छ । सोमबार विहान साढे सात बजे काठमाडौंबाट पोखराका लागि उडेको बुद्धको यू ६०१–९ एनएजेओ कलसाइनको जहाजको ‘प्राइमेरी इन्डिकेटर’मा समस्या आएको थियो । समस्या देखिएपछि यात्रुलाई अर्को जहाजमार्फत पोखरा पुर्याइएको थियो ।
त्यसैगरी काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि २५ मिनेटभन्दा बढी आकाशमै होल्ड भएको थियो । अवतरणको क्रममामा पाङ्ग्रा नखुलेपछि विराटनगरका लागि उडेको जहाजलाई त्रिभुवन विमानस्थलमै फिर्ता गरिएको हो ।
बुद्ध एयरले घटनाको छानविन गर्नका लागि टोली गठन गर्ने जनाइएको छ । योसँगै प्राधिकरण अन्तर्गतको हवाइ सुरक्षा विभागले पनि घटनाको छानविन गर्नेछ ।