११ असाेज, काठमाडाैँ :कांग्रेसका तर्फबाट दुई दुई पटक सम्म संविधानसभा सदस्य निर्वाचित भएका काँग्रस नेता अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । राजवंशीले झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा उमेद्वारी दिएका दिई पराजित भएका थिए । तर हारलाई सहजै स्वीकार गर्न नसकेका उनि अन्ततः सहयोगीसहित एमालेमा प्रवेश गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर सहयोगीसहित पार्टी प्रवेश गरेका हुन् । कांग्रेस भित्रका प्रभावशाली नेता भनेर चिनिने राजवंशी झापाबाट पहिलो र दोस्रो संविधानसभा सदस्य भएका थिए ।
उनले षड्यन्त्र गरेर सत्ता परिवर्तन गरिएको र आफूलाई चित्त नबुझेर कांग्रेस छाडेको बताउँदै आएका छन् । तर क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि उनले कांग्रेस छाडेको काँग्रेसजनमा चर्चा छ ।