काठमाडौं, १४ असोज । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब भिल्लारियललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाईटेडले रोमान्चक जित निकालेको हो । खेलको ५३औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । तर, खेलको ६० औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा अवस्थामा पुर्याएका थिए ।
त्यसपछि खेलजी इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए । यस जितसँगै युनाईटेडले २ खेलमा ४ अंक जोड्दै समूह एफको चौंथो स्थानमा रहेको छ । भिल्ला २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।-Photo: Agency