१४ असोज, काठमाडौँ : राष्ट्रियसभाको बैठक एक दिन पछि सरेको छ । संघीय संसद सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी १७ असोजका लागि बोलाइएको राष्ट्रियसभा बैठक १८ असोजका लागि सारिएको जनाएको छ ।
१७ असोज दिउँसो १ बजेका लागि निर्धारित बैठक कारणबश समयमा बस्न नसक्ने भएकाले बैठक एक दिन पछि सारिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रियसभाको बैठक कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।