काक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको वैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो यसको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ ।
काक्रो फर्सी समूहका तरकारी बालीहरु गृष्मकालीन (Summer Vegetables) समूहमा पर्दछ । यसको खेती पहाड देखि तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन। काक्रो पौष्टिदृष्किोणले महत्वपूर्ण मानिन्छ । यसमा भिटामिन बी, सी, क्यालसियम र फोस्फरस पाईन्छ । यसलाई सलादको रुपमा र अचार बनाउन प्रयोग गरिन्छ । काक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ र यसले कब्जियत हुनबाट बचाउँछ ।
हावापानी :
काक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यक पर्दछ । यसको बोट बृद्धि र फल लाग्न सरदर २५ देखि ३० डिग्री.से. तापक्रम आवश्यक हुन्छ ।
रातको तापक्रम १० ० से. भन्दा कम भएमा फल लाग्दैन फल लागि हाले पनि वांगाटिङ्गा र साना आकारका हुन सक्छन् । वीउ उम्रन फल छिटो परिपक्क हुन र राम्रो उत्पादनको लागि माटोको तापक्रम महत्वपूर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री.से. भन्दा कम र २५ डिग्री.से. भन्दा माथि हुनुहुदैन ।
वानस्पति विवरण :
काक्रोको बोट कम लहरादेखि बढी लहरा जाने हाँगा हुने, पातहरु साधारण ३–५ वटा खण्ड (Lobed) भएका विभिन्न आकारका हुन्छन् । पातको फेदबाट त्यान्द्राहरु (Tendrils) निस्कन्छन् । काक्रो बोटको जरा लामो, गहिरो सम्म जाने (Taproot) संग फलिएका सहायक जरा हुन्छन् । एउटै बोटमा भाले र पोथी फूलहरु हुन्छन् ।
मुख्य लहराको लम्बाई र हांगा हाल्ने क्षमता जात अनुसार फरक हुन्छ । स्वभावत मुख्य लहरामा धेरै भाले फुल लाग्दछ भने शाखा लहराहरुमा पोथी फुलको संख्या बढी हुन्छ । खेती गरिने समयको तापक्रम र दिनको लम्बाईको अवस्थाले फुल लाग्ने प्रक्रियामा असर पार्दछ ।
जाडो यामको ठण्डी तापक्रम र छोटो दिनको अवस्थामा खेती गरिने काक्राका जातहरुमा मुख्या लहरामा प्रशस्त पोथी फुलहरु लाग्दछन् । लामा दिनको अवस्थामा खेती गरिने जातमा भनिने पोथी फुलहरु मुख्य लहरामा नलागि शाखा लहरामा पहिला आंख्लाहरुमा लाग्दछ ।
माटो :
काक्रो खेतीको लागि बलौटे दोभट देखि पांगो माटो उपयुक्त हुन्छ । ५.५ देखि ६.५ पी.एच. भएको माटो उत्तम मानिन्छ । काक्रो वाली ५.५ पि.एच. भन्दा कम अर्थात अम्लिय माटोमा सम्बेदनशिल हुन्छ, बिरुवा र उत्पादनमा असर पर्दछ । चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो परिपक्क हुन सक्दछ ।
बिउ उपचार :
बिउ उम्रेपछि नर्सरी र खेतबारीमा रोगको प्रकोप कम गराउन र बिउबाट सर्ने रोगलाई कम गर्न बिउ उपचार गरिन्छ । प्राय जसो हाइब्रिड बिउहरु जुन प्याकिङ्ग भएर बजारमा उपलब्ध हुन्छ, ती सबै बीउ उपचार गरिएका हुन्छन् । तैपनी खुल्ला रुपमा बिक्री भैरहेका बिउलाई उपचार गरी रोप्नु पर्दछ ।
बेमिस्टीन (कार्वान्डाजिम) अथवा कपर अक्सिक्लोराइड मध्ये कुनै एक विषादी १ किलो बिउमा २–३ ग्रामको दरले बिर्को बन्द बट्टामा राखी हलाई मिसाउनु पर्दछ । १०–१५ मिनट सम्म बट्टामा नै राखी मात्र प्रयोग गर्नु पर्दछ ।
बिउ दर :
प्रति कठा २०–३० ग्राम (हाइव्रिड) र ओपी जात ५०–६० ग्राम।
रोप्ने समय :
काक्रोको मुख्य बाली वर्षमा दुई पटक लगाइन्छ । माघ, फागुन र बैशाख जेष्ठमा ।
तराईमा मध्य पहाडमा उच्च पहाडमा
माघ देखि जेष्ठ फागुन देखि बैशाख बैशाख–जेष्ठ
रोप्ने दुरी :
पंक्ति देखि पंक्तिको दुरी २ मिटर र बोट देखि बोटको दुरी १ मिटर ।
रोप्ने तरिका :
३०–४० से.मि. गहिरो खाडल खनी सिफारिस मात्राको मलखाद प्रयोग गर्नुपर्दछ । ३–४ दिन पछि २ दाना बिउ पर्ने गरी २–३ से.मि. गहिरो बिउ रोप्नु पर्दछ ।
मलखाद :
काक्रो बालीको लागि १०००–१५०० के.जी. प्रति कठाको दरले कम्पोस्ट वा गोबर मल प्रयोग गर्नुपर्दछ । १००: ५०:५० नाइट्रोजन फस्फोरस र पोटासियम के.जी. प्रति हेक्टर । कम्पोस्ट मल , डि.ए.पी. ३.६ के.जी. र पोटास मल २.६६ के.जी. जग्गा तयारी गर्न बेलामा (Basal dose) राख्ने र बाकी २.२७ के.जी. यूरिया Top Dressing को लागि प्रयोग गर्नुपर्दछ ।
गोडमेल :
आवश्यकता अनुसार झारपात देखिए पछि गोडमेल गर्नुपर्दछ । बिरुवा ठूलो भई फुल्न थाले पछि हातले झारपात उखेलि दिनु पर्दछ । कुटो कोदालोले जरा या काण्डमा घाउ लाग्नु हुदैन । घाउ लागेमा रोगको आक्रमणको संभावना हुन्छ ।
बिरुवा खेतबारीमा सारेको ३ दिनभित्र पेन्डीमेथालिन नामक झारपातनाशक विषादी ३ मि.लि./प्रति लि. पानीको दरले करिब २५–२६ लि.झोल प्रति कठा प्रयोग गरेमा धेरै हदसम्म झारपात नियन्त्रण गर्न सकिन्छ ।
सिचाँई :
वसन्त कालिन बालीमा पटक–पटक सिचाई गर्नु महत्वपूर्ण हुन्छ, भने वर्षातमा हुने बालीमा त्यति आवश्यक हुदैन । जग्गामा बिउ रोप्नु भन्दा २ दिन अगाडि सिचाई गर्नु उपयुक्त हुन्छ र त्यसपछि बिरुवा वा बिउ रोपेको ४–५ दिन पछि हल्का सिचाई गर्नु पर्दछ । त्यसपछि माटोको चिस्यान हेरेर ६–७ दिनको फरकमा सिचाई गर्नु पर्दछ । लहरा जाने र फुल फुल्ने समयमा पानीको निकै आवश्यकता पर्दछ । सिचाई गर्दा पानी धेरै बेर सम्म जम्ने किसिमले अर्थात जम्ने गरी गर्नु हुदैन ।
थाक्रा दिने / छापो हाल्ने :
यो बाली लहरा जाने हुदाँ थाक्रा दिनु आवश्यक हुन्छ । हिउँदमा थाक्रा दिन सकिएन भने बिरुवाको वरिपरि परालले छापो हालि दिनुपर्दछ । काक्रो को पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ ।
मुख्य–मुख्य रोगहरु :
पाउडरी मिल्डयू – पात तथा डांठमा पाउडर छरे जस्तै देखिन्छ ।
पाउडरी मिल्डयु :
व्यवस्थापन – क्याराथेन ४ मि.लि. अथवा केलाक्सिन २.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर १०/१० दिनको फरकमा ३ पटक पातमा स्प्रे गर्नुपर्दछ ।
डाउनी मिल्डयू – पातको माथिलो भागमा पहेला थोप्लाहरु देखिन्छ, पातको तल्लो भाग्मा बैजनी रंगको कपास जस्तो ढसी पलाउँछ, थोप्लाहरु बिस्तारै हल्का खैरो र अन्तमा कालो खैरो हुन्छ । बिचको पातमा पहिलो आक्रमण हुन्छ ।
डाउनी मिड्यु :
व्यवस्थापन – क्रिनोम्सील गोल्ड २ ग्राम/लि.पानीमा मिसाई १०–१० दिनको फरकमा ३ पटक सम्म स्प्रे गर्ने ।
एन्थ्राक्नोज – पातमा रातो खैरो सुखा थोप्ला बन्दछ, फैलिदै जाँदा पात मर्दछ ।
एन्थ्राक्नोज :
मुख्य–मुख्य कीराहरु
रातो खप्टे
फल कुदाउने औसा
थोप्ले खप्टे
लाही
फल कुहाउने औसा
काक्रो बालीमा बिरुवा वर्धक रसायनको प्रयोग
बिरुवाको वानस्पतिका बृद्धिको अवस्थामा ( नर्सरीको विरुवामा मुख्य पात आए देखि )
एटोनिक १ मि.लि. प्रति ५ लिटर पानीका दरले अथवा एच. वी. १०१ दुई थोपा प्रति लिटर पानीका दरले विरुवा रोपेको ७–१० दिन देखि १५ दिनको फरकमा फूलको कोपिला नदेखिए सम्म ४–५ पटक छर्नुपर्दछ । यसको साथै यी हारमोनमा मल्टीप्लेक्स ३ मि.लि. प्रति लिटर पानीका दरले मिसाएर पनि छर्न सकिन्छ ।
जातहरु :
मालिनी : अगौटे र पछौटे दुबै बालीको लागि उपयुक्त हुन्छ । हल्का हरियो र सेतो मिश्रण रंंग देखिने १२–२० से.मि. लामो फल हुन्छ । यो तराई र तल्लो पहाडको लागि उपयुक्त हुन्छ । ज्यादै गर्मी र बढि चिस्यान भएको माटोमा फल तितो हुने गर्दछ ।
मलिनी जात :
डाइनेस्टी : यसको बोट धेरै आकर्षक र उत्पादन अत्यधिक हुन्छ । यो जातको फल प्राय सहायक हाँगाहरुमा प्रशस्त देखिन्छ । २०–२३ से.मि. लामो, ४–५ से.मि. चौडाई भएको करिब ३००–३५० ग्राम तौल भएको फल हुन्छ ।
डिनास्टि जात :
रानी : हल्का हरियो फल ६–७ से.मि. चौडा र २०–२५ से.मि. लामो । फलको सतहमा काँडा हुन्छ ।
रानी जात :
निन्जा : बेर्ना सारेको ४५ दिनमा पहिलो पटक टिप्न सकिने र अगौटे बालीको रुपमा लिन सक्ने साउन भदौंमा उत्पादन लिन सक्ने जात हो । २०–२५ से.मि. लामो हरियो फल मध्यम लहरा जाने, पहाड र तराईको लागि उपयुक्त र नेमाटोड, डाउनी मिल्डयू रोग लाग्ने जात हो ।