मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । मनमा दुबिधा उत्पन्न हुन सक्छ । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता विशिष्ट व्यक्तिको साथ पाइनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । सजिलै अरुको विश्वास जित्न पनि सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता मनमा चिन्ता र शङ्का उब्जनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मध्य साताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको सुरुका दिनमा रमाइला यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता ठीक समयमा सही निर्णय लिन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पुँजी बजारमा अहिले गरेको लगानीले पछि सफलता पाइनेछ । आफन्त सङ्ग रमाईलो भेटघाट पनि हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च समेत बढ्न सक्छ । साताको मध्यबाट सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता कतै घुम्न जाने योजना बन्न सक्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा पनि लगानीको समय छ । (अधिक जानकारीका लागि 977-9849559502)