काठमाडौं, १६ असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राईनोजलाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।टियू क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले टस जित्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएको थियो । विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।
विराटनगरको तर्फबाट ओपनर आसीफ सेखले सर्वाधिक ४४ रन जोडे । त्यस्तै अर्का ओपनिङ ब्याट्स म्यान चन्द्रपौल हेमराज ५ बलमा २ रन मात्र बनाउन सके । सिकन्दर राजाले २९ रन जोडे भने दिल्सन मुनाउईराले ११ बल खेल्दै १६ रन जोडे । कप्तान करण केसीले ९ बलमा २४ रन जाड्दा अविजित रहे भने सन्दीप रजाईली पनि अविजित रहदै २८ रन जोडे । साथै अनिल शाहा १२ रन बनाए ।
साथै, पोखराको तर्फबाट बिक्रम शोबले २ विकेट लिए । विवेक कुमार यादव, साहान अराचीजी र नन्दन यादबले समान एक-एक विकेट लिए ।