१७ असोज, काठमाडौँ : नेपाली कांग्रेसको काठमाडौँ महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी छ। राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरको नयाँ नेतृत्वको लागि आइतबार बिहान ९ बजेदेखि सुरु भएको हो । शनिबार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन ।
नेपाली कांग्रेस काठमाडौँ महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबीच प्रतिपस्र्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।