१७ असोज, काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो ।
चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी जैसवालले ५०, सन्जु सामसोङले २८ तथा इविन लेविसले २७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले चार विकेटको क्षतिमा १८९ रन बनाएको थियो । उसका लागि रुतुराज गाइक्वाडले नटआउट १०१ रन बनाए पनि हार टार्न सकेनन् ।