एभोकाडो फल मानव स्वास्थ्यको लागी पोषणयुक्त तथा फाइदाजनक फल हो । यसको स्वाद घ्यू जस्तै हुने हुनाले यस फललाई नेपालीमा घ्यूफल पनि भन्ने गरिन्छ ।
विदेशी भुमीमा धेरै बर्ष पहिले देखी यसको व्यवसायीक खेती भएता पनि नेपालमा भने यसले खासै नेपाली किसान माझ परिचित हुन सकेको छैन तर हालका वर्षहरुमा नेपाली उपभोक्तामा परिचित हुदै छ ।
एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।
पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।
नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।
नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ।
नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३ देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल) सम्म फल्न सक्छ।
खेति प्रविधिः
समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।
माटोको पी एच ५.५ देखि ६.५ भएको ठाउमा राम्रो हुन्छ ।
३ft लम्बाई ३ft चौडाईको खाडल खन्नु पर्छ ।
१ः१ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।
बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ ।
रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।
रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ ।
बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ ।
फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ ।
श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र( असोज )हो ।
एभोकाडो खानुका फाइदा :
-अत्याधिक पोषक तत्वयुक्त
एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।
-उच्च रक्तचापलाई कम गराउँछ
पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।
-फाइबरको अधिक मात्राले तौल नियन्त्रण
फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।
-आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।
-क्यान्सरबाट बचाउँछ
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ ।
-तौल घटाउन प्रभावकारी
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ ।
पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ । एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ ।
एभोकाडो फलको लागी चाहिने हावापानी :
यसको खेती तरार्ई देखी मध्ये पहाड वा उष्ण देखी समशितोष्ण हावापानीमा यसको खेती गर्न सकिन्छ ।
यो फलले धेरै चिसोे हावापानी सहदैेन त्यसैले तुषारो तथा असिना पर्ने ठाँउमा यसको खेती गर्न सकिन्छ ।
एभोकाडो फल फाल्गुन चैैैत्र महिनामा फुल फुल्दछ र कात्तिक मङ््सिर महिनामा फल टिप्न सकिन्छ ।
पानी जम्ने ठाउमा बिरुवा मर्ने समस्या हुन्छ ।
एभोकाडोको बजार :
एभोकाडो बिदेशमा प्रती केजी १००० पर्छ भने, नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म गुण्स्तर अनुसार पर्छ, होलसेलमा ठाउँ हेरेर १०० देखी २८० सम्म बिक्रि भैरहेको पाईन्छ ।