मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ । साथै, यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु बढ्ने छन्, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । आफन्तसँग भेटघाट होला ।अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेम सम्बन्धको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ, होस पुर्याउनु होला । बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठन पाठनमा ध्यान दिनु बेस हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग छ । अरुको विश्वास जित्न सकिनेछ । धन मान पाउने योग छ । गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धेरै श्रम गरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढ्नेछ, घरायसी समस्या पनि आउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउनेछ । कुरा काट्नेहरु बढ्ने छन् । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरै काम बन्नेछन् । धनपनी मनग्य कमाउनु होला । साथै, भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।